रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा बनाउन थालियो

समाचार

ललितपुर, २४ पुस । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारीस्वरूप आजदेखि रथको पाङ्ग्रा बनाउने काम सुरु भएको छ । पाङ्ग्राका लागि काठ काट्ने काम सकिएको छ र आज त्यसको विशेष पूजाआजा गरिदैँछ ।

यस वर्ष १२ वर्षको मेला परेकाले जात्राको तयारीस्वरूप पहिलो चरणको काम सम्पन्न गरिएको हो । पाङ्ग्रा निर्माणका लागि काठ लिन करिब एक महिनाअघि मकवानपुर मनहरिमा नेवार समुदायका बाराही र बौसी जातका मानिस गएका थिए । पाङ्ग्राका लागि काठ काट्ने काम भएपछि विशेष पूजा गरेर मात्र त्यसलाई ल्याउनुपर्ने चलन रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रथका चार पाङ्ग्रा सानदान रुखबाट बनाइन्छ । उक्त काठ दुई दिनपछि मात्र ललितपुरको बुङ्मति आइपुग्नेछ ।

आगामी वर्षका लागि वैशाखको पहिलो सातादेखि जात्रा सुरु हुनेछ । रासस

Post Comment