वर्षायाममा सडक खन्न नदिने सरकारको घोषणा

वर्षायाममा सडक खन्न नदिने सरकारको घोषणा
समाज

सरकारले कुनैपनि प्रयोजनको लागि वर्षायाममा सडक खन्न नदिने घोषणा गरेको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत गरी पहिलेकै अवस्थामा ल्याउन नसकिने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक खन्न स्वीकृति नदिने सूचना जारी गरेको छ।

वर्षायाममा सडक खन्दा सडक तत्काल मर्मत गर्न त सकिदैन भने सडक थप बिग्रिने र हिलो भएर जनताले सास्ती पाउने भन्दै असार १ गते देखि भदौ ३१ गतेसम्मको अवधिमा सडक खन्न स्वीकृति नदिने भएको हो।

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गतका कुनै पनि साना ठूला भित्रि बाहिरि सडक खन्नलाई प्रतिबन्ध लगाइएको हो। कसैले जवर्जस्ती सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कडाभन्दा कडा कार्वाही गरिने मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ।

Post Comment