एक भए बाल्टिमोरका नेपाली

एक भए बाल्टिमोरका नेपाली
समाज

अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपालीहरूबीच एकता कायम भएको छ ।

गत जुलाई २९ तारिख आइतबारका दिन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को आफ्नै सामुदायिक भवनमा ऐक्यबद्धता भएको सार्बजनिक रुपमा घोषणा गरिएको छ ।

ऐक्यबद्धताको बिशेष प्रयास तथा खास पहल महाबाणिज्यदूत प्रेमराजा महतले गरेका थिए । बाचन प्रवीण दीनबन्धु पोखरेलको उपस्थितिमा उक्त शुभकार्य सम्पन्न भएको थियो ।

बानाकि अध्यक्ष अनु श्रेष्ठ वन्त, बानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, बानाका पूर्वअध्यक्ष कुलमणि आचार्य, एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेल, प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका सहायक महामन्त्री तथा समाजसेवी प्रेम श्रेष्ठ, समाज सेवी डा.श्याम कार्की, हिन्दु बुद्ध मन्दिरका क्रिस घिमिरे, समाज सेवी द्वय तरुण पौडेल तथा विनोद उप्रेती लगायतको अहम भूमिकापछि एकता कायम हुन् सकेको हो ।

Post Comment