अनेरास्ववियू अखिल फोर्स विभाग कास्कीले ३२ जना अनाथ बालवालिकाहरुलाई भ्रमण तथा शैक्षिक,स्वास्थ्य,खाद्य सामाग्री वितरण गरेको छ ।
बालवालिकाहरुलाई २ दिने भ्रमण तथा सहयोग सामाग्री हस्तान्तरण गरिएको अखिल फोर्स विभाग प्रमुख आदिमध्वज श्रेष्ठले जानकारी दिए ।
‘अखिलले आन्दोलन गदैन समाजका निमित्त काम गर्छ , सकारात्मक परिर्वतनका लागी भुमिका खेल्छ’, अध्यक्ष श्रेष्ठले भने: ‘अब ढुङ्गा मुढाको आन्दोलन होइन समाज रहेको समस्यालाई पहिचान गरि तिनहरुको समाधानका लागी पहल गर्नुपर्दछ ।’
उनले एक अर्कामा सहयोगी भावना नबने सम्म सुन्दर अनि राम्रो समाज बन्न नसक्ने बताए । ‘समाजमा रहने हरेक जात जाती , धनि गरिब सबैले एक अर्कामा सहयोगी भावनाको विकास गर्नुपर्दछ अनि मात्रै व्यक्ति , समाज अनि देश परिर्वतन हुन्छ’ ,उनले भने ।
अनाथ वालवालिकाहरुलाई डा सूर्य गुरुङले स्वास्थ्यका बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा अनेरास्ववियु अखिल फोर्स अध्यक्ष , सहसंयोजक नवीन गुरुङ्ग, सचिब सन्देश गर्बुजा,बिबस गुरुङ ,अमन उदास ,किरण रन्जित
सुरेश गुरुङ लगायतले बोलेका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि अनिल गुरुङ रहेका थिए । प्रमुख अतिथि गुरुङले युवा विधार्थीहरुको सकरात्मक पहलले नै समाज परिर्वतन हुने हुदाँ आगामी अखिल फोर्सले यस्ता कार्यक्रमरुलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रमको व्यबस्थापन युवा व्यावसायी सुरेश गुरुङले गरेका थिए । बाललवालिकालाई धम्पुस र अष्टे«लियन क्याम्प भ्रमण गराइएको थियो ।
सह संयोजक नविन गुरुङले अखिल फोर्स यसअघि पनि विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।