मायाप्रेमको चक्करमा तीन किशोरीले गरे विद्यालय भित्रै विष सेवन

मायाप्रेमको चक्करमा तीन किशोरीले गरे विद्यालय भित्रै विष सेवन
समाज

गुल्मी । गुल्मीको एक विद्यालयका तीन छात्राले बुधबार दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरुले विष सेवन गरेर बेहोस भएका हुन् ।

रमिता नाम परिर्वनले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भएको र उनिहरुलाई उपचारको लागि पाल्पा पठाईएको प्रहरीले जनाएको छ । उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ ।

विद्यालय बन्द भए पनि एक जना शिक्षकले गणित विषय पढाउँदै थिए । सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्कीएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माहत्या गरेकी थिईन ।

Post Comment