युएस नेपाल न्युज, अमेरिका । परोपकारी समाज निर्माणको लागी निस्वार्थ रुपमा साँढे तीन दशक देखि सकृय हेम थापा दम्पत्तीले एक स्ट्याटस राख्दै कलेजो र पित्त थैलीमा क्यान्सर भएर उपचारकै क्रममा ज्यान गुमाएकी म्याग्दी दारीमपाटीकी सीता केसी घिमिरेकी दुई छोरी सन्ध्या र साधनालाई उच्च मा.बी. सम्म पढाउने जिम्मा लिने भएका छन ।
उनले स्ट्याटसमा भनेका छन- “#सन्ध्या_र_साधनालाई_पढाउन_म_तयार_छु
सम्पुर्णमा दस औंला जोडी नमस्कार । परोपकारी समाज निर्माणको क्रममा निस्वार्थ रुपमा साँढे तीन दशक देखि सकृय छु । बरु म एक पेट खान्छु तर नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको लागि केही नगरी यो धर्ती छाड्दीन । मैले केही समय अगाडि पुजा खत्री नानी र उनको भाइ बैनी लाई समेत कक्षा 12 सम्म पढाउने र पालन पोषण गर्ने जिम्मा लिएको कुरा सर्वबिदितै छ । म आव्हान गर्न चाहन्छु कि कलेजो र पित्त थैलीमा क्यान्सर भएर उपचारकै क्रममा ज्यान गुमाएकी म्याग्दी दारीमपाटीकी सीता केसी घिमिरेकी दुई छोरी सन्ध्या र साधनाको उच्च शिक्षाको लागि कोही सहयोग गर्न तत्पर हुनुहुन्छ भने कृपया सहयोग गर्नुहोला । हाम्रो सानो सहयोगले कोही कसैको भबिश्य सुनौलो बन्न सक्छ । यदी कोही कसैले जिम्मा लिन सक्नुहुन्न भने पनि ठिकै छ । यी नानीहरु पढाउने जिम्मा समेत म लिन तयार छु । धन्यबाद। “