नेकपा नेतृ एवं सांसद पूर्णकुमारी सुवेदीले बुहारीको विवाह गराइदिएकी छन् ।
संसदको प्राकृतिक स्रोत साधन समितिकी सभापतिसमेत रहेकी सुवेदीले बुहारी मालती शर्माको दोश्रो विवाह गराइदिएकी हुन् ।
सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो ।
सुवेदीले बुहारीलाई छोरीका रुपमा केही पारिवारिक सदस्यको उपस्थितिमा रितपूर्वक विवाह गराइदिएकी हुन् ।