महासेठ आफैंले गरे मन्त्रीबाट हटाउन लागेको खुलासा

महासेठ आफैंले गरे मन्त्रीबाट हटाउन लागेको खुलासा
समाज

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्री पद नरहन सक्ने बताएका छन् ।

जनकपुरमा शनिबार आयोजित एक कार्यक्रममा महासेठले मन्त्री पद रहने वा नरहनेबारे आफू अन्यौलमा रहेको बताए । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको भनिएका बेला महासेठको यस्तो भनाइ आएको हो ।

शुक्रबार बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पनि आफू मन्त्रीबाट हट्न सक्ने संकेत गरेका थिए । मन्त्री महासेठले आफू मन्त्रीबाट हटे पनि संसदको हैसियतमा जनकपुर क्षेत्रको विकासमा सक्रिय हुने बताए ।

‘म मन्त्री रहन्छु कि रहन्न निश्चित छैन’, उनले भने, ‘मन्त्रीबाट हटे पनि सांसदको चार वर्षे कार्यकालभर जनकपुरको विकासका लागि सक्रिय हुनेछु ।’ शुक्रबार मात्र मन्त्री महासेठले जनकपुरमै आयोजित कार्यक्रममा मन्त्रिपरिषद हेरफेरको चर्चा अफवाह मात्र भएको दाबी गरेका थिए ।

एक दिनपछि उनको बोली फेरेका उनले आफ्नो मन्त्री पद धरापमा रहेको संकेत गरे ।

Post Comment