आज एक समारोहका बिच नेपालकै ठुलो पृथ्वीनारायण क्याम्पसले आफ्नो अधिकारिक वेबसाईट सुरु गरेको छ । यस वेबसाईट मार्फत सम्पूर्ण बिद्यार्थीहरुले क्याम्पसको ताजा सुचना प्राप्त गर्ने छन। यसका साथ साथै पूर्व बिद्यार्थीहरुले आफुले पढेको क्याम्पसबाट आवस्यक केही सुचना चहिएमा प्राप्त गर्न सक्ने छन ।
डा मिन पुन र उहाको समुहको अथक प्रयासले यो शुभ कार्य हुनसकेको जानकारी आजको कार्यक्रममा दिइएको थियो । तलको वेबसाईटमा गएर पृथ्वीनारायण क्याम्पसको बारेमा बुझ्न सकिने छ।