हावाहुरीबाट पिडीत विधार्थीलाई अनेरास्वबियु कास्कीको सहयोग

हावाहुरीबाट पिडीत विधार्थीलाई अनेरास्वबियु कास्कीको सहयोग
समाज

अनेरास्वबियु क्याम्पस जिल्ला कमिटी कास्की हावाहुरीबाट पिडीत बारा जिल्लाका विधार्थीहरुलाई सहयोग गरेको छ ।

बाराको परवानिपुर गाउँपालिका वडा नं ४ चैनपुरको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयलाई १२० थान स्कुले झोला र कापि कलम हस्तान्तरण गरेको हो ।

सम्पूर्ण बिद्यार्थी हरूलाई पुग्नेगरि हस्तान्तरण गरिएको सामाग्री स्कुल सञ्चालन भएपछि अखिलको प्रतिनिधिको उपस्थितिमा वितरण गर्ने जानकारी स्कुलका प्रधानाध्यापक मदन प्रसाद कुर्मीले बताए ।

हस्तान्तरण कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सुर्य कुमार शाह , गाउपालिका वडा नं ४ का अध्यक्ष गजेन्द्र प्रसाद पटेल अखिलका पुर्व नेता शिवजी गुप्ता लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

अनेरास्वबियु क्यामपस जिल्ला कमिटिका अध्यक्ष बिबेक देबकोटा नेतृत्वको टोलिले ३ दिन फेटा र चैनपुरमा निर्माण कार्यमा पनि सहयोग गरेको छ।

चैनपुरमा हावाहुरीले १ सय ५० घरमा क्षति पुर्याएको छ भने ६ जनाको मृत्यु र ५० जना घाइते भएका छन् ।

Post Comment