युएस नेपाल न्युज । कोरोना संक्रमण फैलिएपछि जारी लकडाउनको समयलाई रुपन्देही सैनामैनाकी प्रकृति आचार्यले बेद र संस्कृतका श्लोक घोक्दैमा बिताइन्।
लकडाउनका कारण विद्यालयहरु बन्द हुँदा आफ्ना अरु साथीहरु घरमै खेलेर दिन बिताइरहँदा प्रकृति भने संस्कृत सिक्न व्यस्त थिइन्। अहिले पनि उनको दैनिकी संस्कृत भाषा र कर्मकाण्डका लागि चाहिने रुद्री, चण्डी र भागवत पाठ गरेरै बित्ने गर्छ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ का केही बालबालिकाले लोप हुँदै जान थालेको संस्कृत भाषा सिकेर लकडाउनको सदुपयोग गरेका हुन्।
प्रकृति जस्तै सैनामैना वडा नं. १ बर्मडाँडाका आयुष घिमिरेले चैत महिना घरमै साथीभाइसँग खेलेर बिताए । कक्षा ५ मा अध्ययनरत आयुषलाई घरमा बसिरहँदा पढाइप्रति ध्यान हराउँदै गएको थियो।