युएस नेपाल न्युज । मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित ‘आणविक विज्ञान र समाज’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल न्युक्लियर सोसाइटीका अध्यक्ष डा कमलकृष्ण श्रेष्ठ, नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा बुद्धराम साह, विज्ञान शिक्षक समाजका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, त्रिभुवन विश्व विद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन केन्द्रका प्रा डा निलम श्रेष्ठ प्रधान तथा नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्सका अध्यक्ष हेमन्त खरेलले युरेनियमको उत्खनन गरी व्यवस्थित प्रयोग गरिनुपर्नेमा जोड दिए ।