रौतहट । रौतहटस्थित नेपाली सेनाले दुईवटा नाईटभिजन हेलिप्याड दुई स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
ईन्द्र बकस गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले शुक्रबार सांझ छुट्टाछुट्टै कार्यक्रम बिच दुबै हेलिप्याड हस्तान्तरण गरेका हुन ।
cimic,qip कार्यक्रम अन्तरगत नेपाली सेनाले गौर नगरपालिका ८ स्थित निर्माण गरेको हेलिप्याड मेयर अजयकुमार गुप्तालाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् । बर्षायाममा बर्सेनि बाढी तथा डुबान बाट अतिनै प्रभावित रौतहटमा डुबानको समयमा राहत तथा उद्वारको लागि उक्त नाईटभिजन हेलिप्याड प्रयोग गर्दा सहजहुने नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले जानकारी दिएका छन् ।
जिल्ला सदरमुकाम गौर र जिल्लाको पुर्वीभेगमा डुबानको समय उद्धारको लागि आउने हेलिकप्टर अवतरण हुने कुनै सुरक्षीत स्थान न रहेकाले बिपत्तिको समयमा उक्त हिलिप्याड प्रयोग गरेर ठूलो राहत पुर्याउन सकिने कर्णेल खांडले बिश्वास व्यक्त गरेका छन्।
दुईबर्ष अघि आएको बाढले गौरक्षेत्र र समनपुर क्षेत्र डुबानमा पर्दा राहत सामग्री लिएर काठमाडौबाट आएको हेलिकप्टर सुरक्षित स्थानको अभावमा अवतरण हुन सकेको थिएन।