भैरहवा– रुपन्देहीको बुटवलबाट दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. ५ नेपालगन्ज रोडबाट सालकसहित उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार सिराहा नगरपालिका ७ का ३६ वर्षीय मनोजकुमार कर्ण, सिन्धुलीको तिनपाटन गाउँपालिका ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाहीको हरिओम गाउँपालिका १० का ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ की ३५ वर्षीया नेत्रमाया राना पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ।