तेलको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

तेलको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी
समाज

धादिङ । धादिङमा तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ। ना ४ ख २८२२ को पेट्रोल ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्करमा रहेका चालक र सह-चालक बारेमा जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो ।

नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको गजुरीका प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

Post Comment