यसरी मनाईयो पोखरामा कण्डम दिबस (फोटो हेर्नुहोस् )

स्वास्थ्य

पोखरा । हरेक वर्षको कोजाग्रत पूणिमा पछिको पहिलो शनिबारका दिन मनाईदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि  “दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मूल नारा सहित राष्ट्रिय कण्डम दिवस पोखरामा भव्य रुपमा मनाईएको छ ।

img_20161022_084232

जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, पश्चिम क्षेत्रीय एच आई भि एड्स संजाल तथा परिवार नियोजन, एच आई भि एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा जनचेतनामुलक र्याली सम्पन्न भएको छ ।

img_20161022_090611

पोखरा स्थित जिरो किलोमिटर चोकवाट सुरु भई पृथ्वीचोक वसपार्कमा सम्पन्न गरिएको थियो । राष्ट्रिय कण्डम दिवसको मह्त्ववारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईले र्यालीको उद्घाटन तथा समापन गर्नु भएको थियो। र्यालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उपस्थिती रहेको थियो। वाजा सहित सम्पन्न उक्त र्यालीमा हिमाली सास्कृतिक परिवार वाजा सहित र्या्लिमा सहभागि भएको थियो ।

sam_6359

Post Comment