अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा नयाँ कार्यसमिति चयन भएको छ। एरिजोनामा भएको २२ औं सम्मेलनले डा सन्तोष सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सन् २०१८–२०१९ सम्मका लागि गठन भएको नयाँ कार्यसमितको उपाध्यक्षमा डा भुपेश खड्का, सचिवमा डा विनोद ढुंगाना, कोषाध्यक्षमा डा दिनेश मैनाली र सहकोषाध्यक्षमा जुलिया सेपार्डसन चयन भएका छन्। कार्यसमिति १९ सदस्यीय हो।
तीन दिनसम्म चलेको सम्मेलनमा अमेरिकाका र नेपालका प्रतिनिधि गरी १ सय २० सहभागि थिए। सम्मेलनमा विगतका वर्षमा भएका काम र भावी योजनाका विषयमा छलफल भएको नवनियुक्त अध्यक्ष डा सन्तोष सापकोटाले जानकारी दिए।
उनका अनुसार फउन्डेसनमा अहिले एक सय ७० सदस्य छन्। सम्मेलनको समयमा २० जना नयाँ सदस्य बनेका छन्। फाउन्डेसनले नेपालको स्वास्थ्य सेवाको दीगो विकास र विस्तारमा सहयोग गर्ने उनले बताए।
म्मेलनलाई बृहत र सफल बनाउन डा विदुर ढकालको संयोजकत्वमा ‘सम्मेलन आयोजना समिति’ बनाइएको थियो। समितिमा डा अमर विष्ट, अमृत तुलाधर, डा अपर्णा बस्नेत, डा विद्या शर्मा, डा विकाश भट्टराई, डा दिपक केसी, प्राध्यापक ज्ञान न्यौपाने, डा महेश्वर काफ्ले , मीरा न्यौपाने, डा नविन शर्मा, डा पवित्रा तुलाधर, डा पिलु दली, डा प्रियंका शेरचन, डा ऋचा भट्टराई, डा ऋषी बस्न्यात, सारा हमाल, डा सरोज सुवेदी, डा सिरु प्रसाई, सुनन्दा शर्मा र डा सुशिल पाण्डे सदस्य थिए।
सम्मेलनमा नेपालबाट डा रमेश भण्डारी र डा बुद्ध बस्नेतलाई अतिथि वक्ताका रुपमा बोलाइएको थियो।
सम्मेलनमा फाउन्डेस र नेपालमा निरन्तर सहयोग गर्दै आएका डा ब्रेन्डन थम्प्सनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिएको छ।
फाउन्डेसनको अर्को सम्मेलन सन् २०१९ मे १० देखि १२ तारिखमा हुने भएको छ। उक्त सम्मेलनका लागि डा गुणराज सुवेदीको संयोजकत्वमा आयोजक समिति बन्ने निश्चित भएको छ।