थप ३११ जनामा कोरोना संक्रमण

थप ३११ जनामा कोरोना संक्रमण
स्वास्थ्य

काठमाडौँ — नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

गत २४ घन्टामा १२१ डिस्चार्ज भएका छन् । यो सँगै १३ हजार ८७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ७२.७ प्रतिशत निको भएर घर फर्किएका छन् ।

Post Comment