काठमाण्डौ उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ तीव्र

काठमाण्डौ उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ तीव्र
स्वास्थ्य

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ तीव्र गतिमा हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय सरकार, प्रदेश सरकार र पालिकासँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिएको र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितलाई प्रयोगशालाबाट फोन आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गाैतमले ५० लाख जनसङ्ख्या भएको काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसकाे सङ्क्रमण पुगेमा नियन्त्रण गर्न निकै गाह्रो हुने भएकाले कडाइका साथ मापदण्ड पालना गर्न पनि आग्रह गर्नुभएको छ ।

मास्क नलगाइ हिँड्ने काम नगरि बाहिर हिँड्ने, बैठक भेला गर्नेहरुका कारण काठमाण्डौमा जोखिम बढिरहेको पनि प्रवक्ता गौतमले बताउनुभयाे ।

Post Comment