रुपन्देही । रुपन्देहीको भैरहवामा कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ ।
भीम अस्पताल भैरहवामा नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षीया महिलाको गएराति ज्यान गएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिनुभयो ।
मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उहाँलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।