गाईजात्रा पर्बमा पोखरामा हरेक वर्ष हुने तयामचा नृत्य यस वर्ष जाल्पादेवी तयामचा तथा कचाथल समिति, जाल्पादेवी नेवामिसा: र जाल्पादेवी ब्ल्हापुच: आयोजना र समस्त नेवा खल: कास्कीको आव्हानमा सिमलचौर, जाल्पादेवी, पोखरामा सम्पन भयो।
उक्त तयामाचा प्रतियोगिताको मुख्य अथिति गृह सचिब नारायण गोपाल मलेगु र अथिति हरुमा छेत्रीय प्रशाशक शंकर कोइराला कास्कीका प्रमुख जिल्ला अधिकारी, कालिका गणका गणपति, नेवा खल: कास्कीका उपाध्येच्छ, समाजसेबीहरु सोभियत अधिकारी , बिरेन्द्र नारायण बिजुक्छे, शान्ति उदास र अन्य समाजसेबीहरुले अथितिको आसन ग्रहण गर्नु भएको थियो।
कार्यक्रमको मुख्य प्रायोजक पृथ्वीराजमार्ग बस संचालक समिति रहेको थियो। मूल समारोह समिति तथा कचाखलका अध्यच्छ कृष्ण मान ठुसाजुका अनुसार २५ वटा समूहले तयामचा नृत्य प्रतियोगीतामा भाग लिएका थिए साथै प्रतियोगियामा सामेल नगरिएको महिलाहरुले प्रस्तुत गरेको तयामचा नृत्य जनताको चौताराका नेवा खलका महिलाहरुलाई सम्मान गरियो। साथै नेपाल सरकार द्वारा जना सेवा पदक द्वारा बिभूषित समाजसेबी अशोक पालिखे लाई सम्मान गरिएको थियो। त्यस्तै , तयामचा समितिका सल्लाहकार एवम संगीतकर्मी मोति बहादुर श्रेष्ठ,एक नारायण ठुसाजु, पूर्ण कुमारी बिजुक्छेलाई सम्मान गरियो। यसैगरी अछयकोष दाताहरु खिममाया बराल, जमुना श्रेष्ठ र चम्पादेवी महर्जनलाइ सम्मान गरियो।
उक्त अबसरमा विभिन्न नेवारी सास्कृतिक झाकीहरु, नेपाली पोशाक बिक्रि यबम प्रदर्शन, नेवारी गर गहना, नेवारी पुस्तक प्रसर्शनि, नेपाली खानका परिकारका स्टलहरु राखियाका थिए ।
नोट: कुनै पनि फोटो UNEPAL NEWS को आधिकारी स्वकृती निजी रुपमा, संस्थागत वा कुनै पनि वेबसाईट बिना प्रयोग गर्नु होला ।