एनआरएनएको २०१९ : ‘टुरिजम प्रमोसन इयर’

एनआरएनएको २०१९ : ‘टुरिजम प्रमोसन इयर’
पर्यटन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ मनाउने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न एनआरएनएले सन् २०१९ भरी विश्वका ८० वटा देशमा प्रवद्र्धन कार्यक्रम संचालनको घोषणा गरेको हो ।

नेपालको पर्यटनको दिर्घकालीन रणनीति विकासमा एनआरएनएको भूमिका विषय अन्तरक्रियामा संघका अध्यक्ष भवन भट्टले सन् २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ को रुपमा मनाउने घोषणा गरेका थिए । नेपालीहरु बसोवास गर्दै आएका सबै देशमा त्यहाँका नेपाली प्रतिनिधिसँगको सहकार्यमा नेपालमा पर्यटक पठाउने अभियान चलाइन अध्यक्ष भट्टले बताएका छन् ।

धेरै पर्यटक भित्याउन ‘अतिथि देवो भवः’ अभियानलाई निरन्तरता दिनुका साथै ‘नमस्ते क्याम्पियन’को समेत थालनी गरिएको उनले बताए । प्रवासमा बसेर नेपालको पर्यटन क्षेत्रमा सहयोग पुरयाउने उद्देश्यका साथ ‘तीन जना साथीलाई नेपाल पठाऊ’ अभियान पनि सञ्चालन भइरहेको उनले जानकारी दिए । भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुरयाउन विदेशस्थित पर्यटन क्षेत्रका संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको संघकी उपाध्यक्ष सपिला राजभण्डारीले बताइन् ।

एक्सपिरेन्स नेपाल अभियानका संयोजक दिपेशमान शाक्यले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले विश्वभर प्रवद्र्धन कार्यक्रम गर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले एनआरएनएका कार्यक्रममा सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए ।

Post Comment