‘प्यारो लाग्छ सधै मलाई मेरो देशको माटो’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । नेपालीभाषी भूटानी गीतकार हरि उप्रेतीको एकल रचना रहेको करुण नामक एल्बममा समावेस भएको गीतहरु मध्ये सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
बिमल श्रेष्ठले निर्देशन गरेको म्युजीक भिडीयोमा डा. भोला रिजाल, लय सग्रोला, रमेश बुढाथोकी, देव कुमार, राजु, सबिना, सुमित्र, सुनिल, अर्जुन अनि उर्मिलाको अभिनय देख्न सकिन्छ । देशप्रतिको प्रेम अनि देशको सुन्दरतालाई देखाउन खोजीएको भिडीयोलाई नेपालको सुन्दर स्थालमा छायाँकन गरिएको छ । गीतमा स्वरुपराज आचार्यको स्वर विकाशको चौधारीको संगीत सुन्न सकिन्छ ।
भर्खर बजारमा आएको भिडीयोमा ज्ञानु राईको छायाँकन तथा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने निर्माताको रुपमा राधिका उप्रेती, लीला उप्रेती र लक्ष्मी उप्रेती रहेका छन् ।
सम्पादक: म्युजीक भिडीयोको निर्देशकको नाम पहिलो चोटी गलत हुन गएको हामीलाई माफ गरिदिनु होला । नाम सच्याई सकिएको जानकारी गराउछौं ।
The direction of this music video is done by Bimal Shrestha. And the song is very good.