कमल सरगम
मेरो माया तिम्रै लागि हो तिमि बिना बाच्न नसक्ने भईसकेको छु ।हरपल तिम्रै याद आउन थालेको छ ।सपनीमा पनि तिम्रो याद आउछ र झस्किन्छु ।यस्तै शब्द भावमा अनुबन्धित छहारी म्यूजिक प्रालीको अर्को उत्कृष्ट उत्पादन प्रतिभासाली सर्जक तथा गायक केवल श्रेष्ठ केशब र गायिका प्रिया सेंचुरिको सुमधुर आवाजमा केवल श्रेष्ठ केशवको लोकदोहोरी गीत “माया लायसी “बजारमा आएको छ ।लक्ष्मी सृमाली र सुष्मा श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा लय भने केवल श्रेष्ठ केशबकै रहेको छ ।बि स्टार फ्लिम्सले निर्माण गरेको म्युजिक भिडियोमा अभिनय भने मोडल करिश्मा इटानी र केवल श्रेष्ठ केशबले गरेका छन ।बिक्रम चौहानको निर्देशनमा तयार यस गीतको म्यूजिक भिडियोको छायांकन भने बासु बरालले गरेका छन ।मिलन बिकको सम्पादनमा तयार गीत यो बेला निकै चर्चामा छ ।यस गीतको सम्पुर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
HIGH CPM
layer ads