कास्कीको पवित्र सीता गुफा भित्रै यौन धन्दा, गुफा वरीपरी कन्डम नै कन्डम (भिडियो) 

कास्कीको पवित्र सीता गुफा भित्रै यौन धन्दा, गुफा वरीपरी कन्डम नै कन्डम (भिडियो) 
भिडियो
कास्कीको जिल्ला अन्र्तगत पोखरा लेखनाथ महानगरपालिका भित्र पर्ने सीता गुफा पबित्र गुफाको रुपमा हेरिन्छ । भगवान रामचन्द्र बनबास जाँदा यो ठाउँमा आएका थिए । त्यही समयमा सीता रजस्वला भएको र यही गुप्तवास बसेको धार्मिक किम्बदन्ती छ । सीता गुप्तबास बसेको भएर यस्को नाम सीता गुफा रहन गएको हो । यो गुफा ५० मिटर लामो र ७ मिटर चौडा छ । यो गुफाको अर्को बिशेषता भनेको यसमा एक पानीको कुवा छ त्यो कुवामा पानी थपघट हुँदैन र गुफा भित्र केहीबस्तुले हान्दा दमाहा बजेको आवाज आउँछ ।
तत्कालीन लेखनाथ नगरपालीका भित्र पर्ने यो गुफा प्रचारप्रसारको अभावले छट्पटाएको त छनै त्यो भन्दा पनि बढी यसको प्रयोग नराम्रो का मगर्न प्रयोग भएको पाईएको छ । गुफा संरक्षण नहुँदा र सम्बन्धीत सबैले चासो नदिँदा गुफामा यौन घन्दा फस्टाएको छ । तास खेल्नेहरु, चुरोट खानेहरु, लागुऔधष प्रयोग गर्नेहरु साथै यौन सम्पर्कको लागी समेत गुफा प्रयोग भएको छ । गुफाभित्र छरपस्ट रुपमा प्रयोग भएका कण्डमहरु, धेरै तासका खोलहरु साथै चुरोटका ठुटाहरु समेत देखिन्छन् ।
हेरौं यो भिडियो…

[youtube https://www.youtube.com/watch?v=EOyYPtt2nTk]

Post Comment