२१ पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इंबाका र उनका पति जेयर्ड कुश्ररले नयाँ घर लिएका छन। अमेरिकाकी नयाँ फस्ट फ्यामिली वांशिङटन डिसीमा सर्दै छन। ट्रम्पको नयाँ घर ह्वाइट हाउस देखि ९ मिनेटको दुरीमा रहेको छ। कार्यकाल सकिएपछि ओबामा पनि उक्त स्थानबाट केहि टाढा सर्नेछन्। वेभसाइट बाशिनंटेनियनका अनुसार इंबाकाका बिजनेशम्यान पतिले वाशिंनटनमा नयाँ घर किन्ने लगभग पुरा तयारी गरिसकेका छन।
९४ वर्ष पुरानो घरलाई रिनोभेट गर्ने काम गरिएको छ। छिट्टैनै इंबाका आफ्नो परिवारसहित उक्त घरमा सिफ्ट हुदैछिन्। यो घर ओबामाको घरदेखी नजिक रहेको छ। रियल स्टेट स्रोतले दिएको जानकारी अनुसार ६ बेडरुमको घर २४४९ ट्रेसी प्यालेस हो।
वासिंटोनियनका अनुसार डिसेम्बरमा इबाकाका पतिले ३७ करोडमा उक्त घर किनेका हुन तर केहि स्रोतका अनुसार घर खरिद बिक्रीबारे आधिकारीक पुष्टि नभएको बताइएको छ। डिसेम्बरमा इंबाका र उनको परिवार देशको राजधानी सहरमा सिफ्ट हुने हल्ला चलेको थियो।
यो प्यालेसको दोस्रो तलामा एउटा सुन्दर टेरेस गार्डन रहेको छ। यस टेरेसको ढोका मास्टर बेडरुमबाट रहेको छ। ६८७० स्क्वायेर फुट क्षेत्रफलमा बनेको यो प्यालेसमा लाइब्रेरी,सन रुम लगायत दुई वटा कार ग्यारेज रहेको छ।