शान्तिस्थापनार्थ खटिएका सेनामाथि आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

अमेरिका

राष्ट्रसङ्घ (अमेरिका), २१ पुस । संयुत्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएको समूहलाई लक्षित गरी मध्य अफ्रिकामा भएको आक्रमणको निन्दा गरेको छ ।

अफ्रिकी शहर जेमिओबाट ओबोका लागि इन्धन लिएर हिडेका ट्याङ्करलाई राष्ट्रसङ्घका शान्ति सेनाले सुरक्षा दिई हिडेका बेला उनीहरुमाथि मङ्गलबार भएको कारवाही घोर आपत्तिजनक भएको बताउँदै यसको राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसको आलोचना गरेको हो ।

घटनामा मोरक्कोका दुई शान्ति सुनाको मृत्युभएको थियो भने दुई जना अन्य घाइते भएका थिए ।

आक्रमणपछि अपराधी राजमार्गबाट मागेर स्थानीय झाडीतिर भागेका सुरक्षा परिषद्ले जनाएको छ ।

Post Comment