अमेरिकी चुनावमा रुसले दखल किन गर्यो सार्वजनिक गर्ने छौं।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

२२ पौष। अमेरिकी गुप्तचर विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा दखल दिने डेमोक्राटिक पार्टीको इमेल ह्याक गर्न आदेश दिएको जनाएको छ। गुप्तचर विभागका प्रमुख जेम्स क्लापरले रुसी राष्ट्रपति पुटिनले डेमोक्रयाटिक पार्टीको इमेल ह्याक गर्ने आदेश दिएको र त्यसको उद्देश्य के थियो भन्ने कुरा आउँदो हप्ता सार्वजनिक गर्ने बताउनु भएको छ।
राष्ट्रपति चुनावमा रुसले किन दखल दिएको भन्ने कुरा सार्वजनिक गरिने निर्देशक क्लापरले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ। क्लापरले रुसले गरेको ह्याकिङलाई युद्धको गतिविधि भने भन्नुभएन। रुसले ह्याकिङका सबै आरोप अस्वीकार गर्दै आएको छ। तर अमेरिकाले रुसी अधिकारीमाथि प्रतिबन्ध लगाउन सुरु गरिसकेको छ। अमेरिकाले अहिलेसम्म ३५ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गरिसकेको छ। अमेरिकी राष्ट्रपतिय चुनावको क्रममा भएको हस्तक्षेपको बारेमा भएको अनुसन्धानको प्रतिवेदन बिहीबार राष्ट्रपति बाराक ओबामालाई बुझाइएको छ।
सिनेटको सैन्य समितिले यसको सुनुवाई गरिरहेको छ। यसको अगुवाई रिपब्लिकन सिनेटर जोन म्याकेनले गर्नु भएको छ। रुसले बहुआयामीक अभियान चलाएको र यसमा प्रोपाण्डा, गलत सुचना तथा झुठो खबर पनि रहेको क्लापरको भनाई छ। यसअघि रुसको पक्षमा नरम देखिँदै आएका राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले आफु गुप्तचर विभागको ठुलो फ्यान रहेको बताउनुभएको छ। उहाँलाई शुक्रबार अनुसन्धान प्रतिवेदनको बारेमा जानाकारी दिइनेछ।

Post Comment