२३,पुष । नवनिर्वाचति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटले एक कम्पनीको अरबौं रुपैयाँ डुबेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको ट्वीट विश्वकै प्रख्यात अटोमोबाइल कम्पनी टोयोटालाई महंगो सावित भएको हो । कम्पनीको बारेमा ट्रम्पले एक नकारात्मक ट्वीटले मात्र पाँच मिनेटमा टोयोटाको शेयर मूल्यमा निकै गिरावट आयो र कम्पनीलाई १.२ अरब डलर (१२ हजार करोड रुपैयाँ) को नोक्सानी भयो ।
यद्यपी टोयोटा मेक्सीको को राज्य बाजा क्यालिफोर्नियामा एउटा नयाँ प्लान्ट बनाइरहेको छ र त्यहाँ स्थानान्तरण हुने योजना बनाइरहेको छ । कम्पनीको पहिलेदेखि नै यहाँ एउटा प्लान्ट थियो । र, ट्रम्पले टोयोटालाई मेक्सीको नजान चेतावनी दिइरहेका छन् । कुनैहालतमा कम्पनीलाई यस्तो गर्नबाट रोक्न खोजिरहेका छन् ।
ट्रम्पले मेक्सीको सँग जोडिएका सीमामा पर्खाल लगाउने घोषणा गरिसकेका छन् । ट्रम्पको यस्तो नीतिले टोयोटाले मेक्सीको स्थानान्तरण हुने कुरा गरेपछि ट्रम्पले रोक्ने प्रयास थालेका हुन् ।
यस्तो थियो ट्रम्पको ट्वीटः
‘यस्तो कुनै बाटो छैन जसबाट टोयोटाको यो कदम पूरा हुनसक्छ । अमेरिकामा प्लान्ट निर्माण गर अन्यथा बढी बोर्डर ट्याक्स भोग्नुपर्ला ।’ ट्रम्पले यो ट्वीट स्थानीय समयअनुसार दिउँसो १ बजेर १४ मिनेटमा गरेका थिए । र यसको पाँच मिनेटमा टोयोटाको शेयरको मूल्यमा निकै गिरावट आयो । ट्वटीपछि शेयरामा पहिलाभन्दा ०.५ प्रतिशतको कमी आयो र यसबाट कम्पनीलाई १.२ अरब डलर घाटा भयो ।
ट्रम्पले यो भन्दा पहिला पनि आफ्नो ट्वीटले धेरै कम्पनीलाई घाटा पुगाइसकेका छन् ।