२८ पौष। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका ईन्टेलिजेन्स एजेन्सि र केहि मिडियाहरुका विरुद्धमा खनिएका छन्। ट्रम्प, राष्ट्रपतिको पदभार सम्हाल्ने नौं दिन अघि बुधबार भएको पत्रकार सम्मेलनमा ईन्टेलिजेन्स एजेन्सि र केहि मिडिया संगठनहरुको विरुद्धमा निकै आक्रामक र तिखो रुपमा प्रस्तुत भएका छन्। अमेरिकी जासुसी एजेन्सिहरुद्वारा लिक भएको खबरको फर्जि बयान दिनेहरु माथि पनि धम्कि पूर्ण रुपामा आफूलाई प्रस्तुत गरेका थिए। यी एजेन्सिहरुले जारी गरेका डासियरमा मस्कोको एक होटेलमा रहेका ट्रम्मको सेक्स भिडियो र अन्य गोपनिय जानकारीहरु रुससँग रहेको दावी गरेका थिए।
रुससँग उनको गोप्य जानकारी भएको भन्ने खबरहरु बाहिरिएका कारण ट्रम्प मिडिया र अमेरिकी ईन्टेलिजेन्स एजेन्सि माथि खनिदै चेतावनी समेत दिएका हुन्। उनले भने “यस प्रकारको रिपोर्ट प्रकाशित गर्ने वेबसाईटले यसको परिणाम वेहोर्नु पर्नेछ”। उक्त सम्मेलनमा ट्रम्पले सीएनएन, न्यूयोर्क टाईम्स जस्ता वरिष्ठ समाचार संगठनको वेईज्जत पनि गरे। उनले भने “मिडियाले भनेजस्तो मस्को काण्ड कहिलै घटेको छैन। यो सारासर मनगणनन्ते कुरा हो।”
ट्रम्पले सीएनएनका रिपोर्टरका साथ नराम्रोसँग वाकयुद्ध पनि गरेका छन्। यतिसम्म गरे कि उनले रिपोर्टरलाई सवाल जवाफ गर्न पनि दिएनन् उनको समाचार नेटवर्ककोे ‘फर्जी न्यूज’ भन्दै आलोचना पनि गरे। यसै क्रममा सीएनएनका एक रिर्पोटरले ट्रम्पले सुन्ने गरि चिच्याउदै भने “तपाईले हामी माथि एक तर्फि हमला गरिरहनु भएको छ के हामी तपाईलाई एउटा प्रश्न गर्न सक्छौं?” ट्रम्पले भने “सक्नुहुन्न, सक्दै सक्नुहुन्न। तपाईको संस्था निकै खराब छ।” रिपोर्टरले फेरि पनि प्रश्न गर्यो “तपाईले हाम्रो संस्था माथि हमला गरिरहनु भएको छ, के तपाई हामीलाई एक प्रश्न सोध्ने अवसर दिन सक्नुहुन्छ श्रीमान्?” ट्रम्पले उनलाई पुन जवाफ दिए “अशिष्ट रुपमा प्रस्तुत नहुनुहोला, म तपाईलाई प्रश्न गर्ने अनुमति दिन सक्दिन। तपाइहरुको फर्जी न्यूज हो।”
बजफिडको रिर्पोट अनुसार, ब्रिटिस ईन्टेलिजेन्स एजेन्ट द्वारा तयार गरिएको दस्तावेजमा दावी गरिएको थियो कि ब्रिटिस एजेन्टलाई रुसी सुत्रहरुले बताएका छन् कि रुससँग अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएका केहि कठोर जानकारीहरु छन्। यसमा ट्रम्पको एक गोप्य फिल्म पनि छ, जसको आडमा व्ल्याकमेल गरिरहेको छ। ब्रिटिस ईन्टेलिजेन्स एजेन्ट द्वारा तयार गरिएको दस्तावेज अनुसार यस फिल्ममा मस्कोको एक होटलको कोठा छ जहाँ हालका राष्ट्रपति बाराक ओबामा पनि आफ्नी पत्नी मिशेल ओबामाको साथ रहेका थिए। यस फिल्ममा देख्न सकिन्छ कि डोनाल्ड ट्रम्प एक कामुक केटीसँग सेक्स ऐक्ट गरिरहेको देखाईएको छ।