२८पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो पत्रकार सम्मेलनमा बुधबार निकै अडानका साथ भनेका छन् “अहिले सम्म ईश्वरले जतिपनि मानिस बनाएका छन् म तिनीहरुमा सबै भन्दा धेरै रोजगारी सिर्जना गर्ने मध्य बन्ने छु।” उनले आफू निजी कम्पनिहरुको माध्यमबाट राजगारीको अवसर सृजना गर्न सक्षम रहेको बताएका छन्। यसै बिचमा ट्रम्पले मिडियाहरु माथि उग्ररुपमा प्रस्तुत भए र रुससँग आफ्नो विरुद्ध आपत्तीजनक गोप्य भिडियो रहेको भन्ने प्रचारलाई बकवास कुरा भएको टिप्पणी गरेका छन्।
ट्रम्पले भने “हामी रोजगारको अवसर निर्माण गर्न तिर लागिरहेका छौ। मैले भनेको छु कि म ईश्वर द्वारा बनाइृएका सबै मानिसहरुमा सबैभन्दा धेरै रोजगारको अवसर सम्भव बनाउने व्यक्ति बन्नेछु। मेरो मतलब यो हो की म यसका लागि कडा मेहनत गर्न जाँदै छु। अहिले सम्म जे मैले गरेको छु त्यसमा मलाई धेरै गर्व महसुस भएको छ।”