२९ पौष। अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा रक्षा मंत्री पदमा घोषणा गरिएका सेवा निवृत्त जनरल जेम्स म्याटिसले एक ‘एकिकृत रणनीति’ को माध्यमबाट ईस्लामिक स्टेटसँग समना गर्नको लागि आह्वान गरेका छन्। जेम्स म्याटिसका अनुसार यो ‘एकिकृत रणनीति’ यस्तो हुनु पर्छ जुन पश्चिम एसियामा आतंककारी समुहको सैन्य झटका दिनेको अलावा समूहको भर्ती र फण्ड जुटाउने गतिविधिहरुमा रोक लगाउन सक्छ।
म्याटिसले रक्षा मन्त्रीमा नियुक्तिको पुष्टिको सम्बन्धमा सिनेटको सशस्त्र सेवा कमिटी समक्ष सुनुवाईको समयमा सांसदहरुसँग भनेका छन मलाई लाग्छ कि हामी पश्चिम एशियामा आईएसआईएसको दह्रो झड्का दिन पर्छ। हुनत उनीहरुको फौजी रुपमा हार भईसकेको छ तर उनिहरुको विरुद्ध एक व्यापक दृष्टिकोण हुनैपर्छ।
म्याटिस, सिनेटर जोनी अन्सर्टको एक सवालको जवाफ दिईरहेका थिए। साथै उनले भनिरहेका थिए “हुनत मलाई विश्वास छ कि हामीलाई पश्चिम र दक्षिण पूर्वी एशियामा र पूरै दुनियाँमा हामी आईएसआईएसको गतिविधिहरुलाई लिएर सावधान रहनुपर्छ।