१ माघ। अमेरिकाका विदेश मन्त्री जोन केरीले क्षेत्रीय सुरक्षाको मामिलामा ट्रम्प प्रशासनले पनि ओबामा प्रशासनको सिद्धान्तमा कायम रहनेमा आशा व्यक्त गरेका छन्।
केरीले विबादित दक्षिण चीन सागरको सन्दर्भमा एक विश्वविद्यालयमा मानिसहरुको सम्बोधन गर्दे भनेका छन् “ सानो वा ठूलो देशको आक्रमणबाट बच्नु पर्दछ र कुनैपनि बिवादको अन्तराष्ट्रिय कानुन अनुसार समाधान गर्नु पर्ने हुन्छ।”
अमेरिकाका नव घोषित विदेश मन्त्री रेक्स टिलरसनले चीन कृत्रिम द्वीपसम्म पुग्न मिल्दैन भनेका थिए। उनले चीनलाई कृत्रिम द्वीपबाट अतियार सहित खाली गर्न र नयाँ द्वीप निर्माण गर्नलाई सल्लाह दिएका थिए। श्री टेलरसनको बयान पश्चात केरीले यो प्रतिक्रिया दिएका हुन।