सर्जक कस्तुप पन्तको लय शब्दमा जवानीमा धक्का”बजारमा (भिडियो सहित)

मनोरन्जन

कमल सरगम
पौष -काठमाण्डौ ।
नेपाली लोकदोहोरीका साधक सबैका मन मुटुमा बस्न सफल सर्जक कस्तुप पन्तको उत्कृष्ट लय तथा शब्द सृजनामा प्रतिभाशाली गायक राजेन्द्र सापकोटाको लोकदोहोरी गीत “जवानीमा धक्का”बजारमा आएको छ  । कस्तुपको हरेक सृजना उत्कृष्ट मात्रै बजारमा आएका हुन्छन भने आएका हरेक सृजना छोटो समयमा लाखौको मन जित्न सफल हुन्छ ।यिनै सर्जक तथा गायक कस्तुप पन्तको पछिल्लो पटकको लय शब्दमा रहेको गीत हो  ।यस गीतमा आवाज भने बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र राजेन्द्र सापकोटाले भरेका छन भने गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित निर्देशक संकर बिसी ,करिश्मा ढकाल र आरोहीको रहेको छ  ।संकर बिसीकै उत्कृष्ट निर्देशन रहेको यस गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन्  ।नबिन घर्ती मगरको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो निकै राम्रो बनेको छ  ।बजारमा आएको  दिनमै धेरै श्रोता दर्शकको मन जितिसकेको छ  ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।


HIGH CPM

layer ads

Post Comment