रुस प्रति ट्रम्पको नरम दृष्टिकोण, प्रतिबन्ध हटाउने संकेत।

रुस प्रति ट्रम्पको नरम दृष्टिकोण, प्रतिबन्ध हटाउने संकेत।
अन्तर्राष्ट्रिय समाचार अमेरिका

२माघ। बाराक ओबामा प्रशासन द्वारा रुसमा लगाईएको आर्थिक प्रतिबन्ध नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस प्रति नरम दृष्टिकोण अपनाउदै प्रतिबन्ध हटाउने संकेत दिएका छन्।

ट्रम्पले यदि रुस आतंकवादसँग लड्नको लागि अमेरिकाको मद्दत गर्छ भने उसमाथि प्रतिबन्ध किन लगाउने भनेर प्रतिप्रश्न गरेका छन्।

उनले भनेका छन् कि यदि रुस हिस्रंक अतिवादसँग संघर्षमा अमेरिकाको मद्दत गर्छ भने त्यो प्रतिबनध हटाउन सकिन्छ। उनले २० जनवरीमा राष्ट्रपति पद शपथग्रहण पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग भेटको तयारी पनि गरेको बताएका छन्।

Post Comment