कमल सरगम
काठमाण्डौ ।
मन परेकै डालीमा फुल छ !
आज मेरो मन किन चुलबुल छ !
मायाले पार्यो जालैमा ,उठ बस गरेर नाच्न गाउन मन लाग्छ र्चित गायक युबराज मगरको अर्को उत्कृष्ट मौरी पन्चेबाजा गीत “नाच्न मन लाग्छ”बजारमा आएको छ ।मौलिक गीत संगीतलाई स्थान दिने हेतुले अगाडी बढेका यी युबराजको अहिलेको मौरी पन्चेबाजा निकै उत्कृष्ट रहेको कलाकारहरुको भनाइ छ ।चर्चित गायक युबराज मगर र बहुचर्चित गायिका टिका पुनको आवाज रहेको यस मौरी पन्चेबाजामा लय पनि युबराज मगरकै रहेको छ ।चर्चित सर्जक रमेश बिजीको उत्कृष्ट शब्दमा तयार यस गीतमा अभिनय भने प्रकाश सपूत र पार्वती राइले गरेकी छिन ।गीतकोम्यूजिक भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका छन र छायांकन भने हरिनारायण चौधरीले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads