ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै

अमेरिका

७,माघ । अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दैछन् । ट्रम्पले नेपाली समय अनुसार शुक्रबार साँझ सपथ लिदै विश्व शक्ति राष्ट्रअमेरिकाको नेतृत्व सम्हाल्ने छन् ।

उनलाई प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् । त्यसपछि ह्वाइटहाउसमा उनले औपचारिक रुपमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

७१ वर्षीय ट्रम्प गत नोभेम्बरमा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति समेत हुन् ।

Post Comment