काठमाडौं । चर्चित र्याप गायक यमबुद्धको (अनिल अधिकारी) शव शनिबार नेपाल ल्याइएको छ ।
श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार दिउँसो इत्तेहाद एयरबाट ल्याइएको हो । परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिनेछ । र, पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।