काठमाडौं । सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नै वास्तविक विखण्डकारी भएको आरोप लगाएका छन् । उनले एमालेले देशलाई विखण्न गर्न खाजेको र त्यसको मुख्य पात्र केपी ओली भएको दावी गरे । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै श्रेष्ठले एमालेको चाहेको आधारमा देश अगाडी नबढ्ने बताए । श्रेष्ठले पुरानो विचार बोकेर नयाँ राजनीतिक शक्ति निर्माण हुँदैन भन्दै त्यसका लागि विचार, सङ्गठन, सङ्घर्ष र कार्य पद्धति हरेक क्षेत्रमा आफ्नो अलग विकल्प हुनु पर्ने कुरा बताए ।
अहिलेको राज्य पुनर्संरचनामा विवादको चुरो विषय सङ्घीयतालाई संरचनाको रूपमा मात्र हेर्ने कि सिद्धान्त वा वादको रूपमा हेर्ने भन्ने रहेको कुरा पनि उनले स्पष्ट पारे । अहिलेको संविधान संशोधन सम्बन्धी विवादका सम्बन्धमा एमाले नेता केपी शर्मा ओलीले संविधान कार्यान्वयन नगरी संविधान संशोधनको विदेशी एजेण्डा बोक्नु राष्ट्रघाती काम भएको टिप्पण्ी गरे ।
उनले भने, ‘यदि यो कुरा सत्य हो भने केपी ओली स्वयम् प्रधानमन्त्री भएको बेला संविधान संशोधनको तथाकथित विदेशी एजेण्डा बोक्ने र संविधान कार्यान्वयन गर्न नसकी एकतर्फी रूपमा संविधानको पहिलो संशोधन गर्ने केपी शर्मा ओली नै पहिलो राष्ट्रघाती हो ।’ हामीले विदेशीलाई रिझाउन होइन, नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि संविधान संशोधन हुनुपर्ने माग गरेको कुरा पनि उनले बताए । उनले अब संविधान संसोधन नभए स्थानिय चुनाव गर्न नदिने चेतावनी दिए ।