काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासँग वार्ता गर्ने भएका छन् ।
विहिबार मन्त्रिपरिषदबाट निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले अपराहृन ४ बजे बालुवाटारमा मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
स्थानीय चुनावको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिइएपछि मोर्चा सरकारसँग असन्तुष्ट छ । साथै उसले संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने अडान लिँदै आएको छ ।
आज बस्ने बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।