काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धानका लागि म्याद लिन काठमाडौं जिल्ला अदालत ल्याएको छ।
आईतबार पक्राउ परेका खत्रीलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको हो। यस्तो मुद्धामा अनुसन्धानका निम्ति ६० दिनको म्याद दिनेछ ।
गत असोजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत खत्रीलाई माघ ३ मा अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो।
यसअघि पक्राउ परेकाहरुकाले सेटिङमा भईरहेको सुन तस्करीमा एसएसपी खत्रीको संग्लनता रहेको बयान दिएपछि ब्युरोले खत्रीमाथी अनुसन्धान केन्द्रित गरेको थियो।