काठमाडौं। हालै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बरामत भएको करिब ३४ किलो अवैध सुनकाण्डले अहिले नेपाल तातेको छ। यो काण्डमा भुरा-ठूला माछा समेत संलग्न रहेको भन्दै बहसको विषय बनेको छ।
सुनकाण्ड यो भन्दा पहिलेपनि धेरैपटक नेपालमा चर्चा भैरहेको छ। खासगरी सुनकाण्ड नेपालमा किन यसरी पटक-पटक दोहोरिरहन्छ भन्ने कुरा आश्चर्यको विषय बनेको छ। ह्ुन त अनुशन्धान ब्युरोको टोलीले लगेज लिएर विमानस्थल बाहिर आएका बाँकेका गोपालबहादुर शाही र लगेज रिसिभ गर्न बसेका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई पक्राउ मात्र गरेन, संगठित अपराधमा म्याद लिएर अनुसन्धान थालेको छ ।
सुन तस्करीमा संलग्न सहयोग गरेको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई पक्राउ गरिसकेको छ। त्रिभुन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा खत्रीलाइ सिआइबीले पक्राउ गरेको हो।
एसएसपी खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो । प्रहरीले यसअघि नै विमानस्थल भन्सारमा कार्यरत तीनजना कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ ।
गत पुस २१ गते दुबई विमानस्थल हुँदै ल्याइएको सुनसहित सीआइबीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।सुन तस्करीका नाइके खोज्न पक्राउ परेका अभियुक्तलाई राजस्वमा नबुझाएको ब्युरोले ३४ किलो सुनका मालिक खोज्ला ? यतिबेला धेरैको चासोको विषय यही भएको छ।
लोकमान सिंह कार्की अख्तियार प्रमुख बनेर शक्तिमा पुगेसँगै सुन तस्करीले संगठित कारोबारको रुप लिएको धेरैको आरोप छ। अख्तियारको सामान भन्ने थेगोले सुन भन्ने देखाउन थालेको विमानस्थलमा रहेका कर्मचारीले गुनासो पोखेका छन।
नेपाल प्रहरीका हालका महानिरीक्षक उपेन्द्रकान्त अर्याल निकट रहेर मुख्यालयमा रहेका कायस्थका पार्टनर त्रिभुवन विमानस्थलका पसल ठेकेदार सुवास श्रेष्ठ, पूर्वएआईजी ढकालका पवन सरिया र मोहन अग्रवाल तथा विज्ञानराज शर्माका खास व्यक्ति दीपक मल्होत्रालाई पक्रनबाट बचाउनकै लागि मुख्यालयमा बनेको योजना भताभुङ्ग हुने देखिएको छ।
उपप्रधान एवम गृहमन्त्री विमलेन्द्र निधिले भने सुन तस्करीको छानविन र यसको जरो उखेल्नको लागि सिआईवीलाई नै जिम्मेवारी सुम्पिएका छन्। यही अनुसार डिआईजी नवराज सिलवालले भुरादेखि ठूला माछा कोहीपनि सुनकाण्डबाट उम्कन नसक्ने दाबी गरेका छन्। हेरौं, अब ठूला माछा कहिले समातिन्छन्।
स्रोतका अनुसार डिआइजी गोविन्द निरौला पनि अहिले अनुसन्धानको घेरामा छन् । निरौला २०७२ माघ २२ गते उनी विमानस्थलमा सरुवा भएका थिए। पक्राउ परेकाको बयानका हेर्दा निरौला पनि शंकाको घेरामा आएको छ ।
त्यस्तै डिआइजी निरौलाभन्दा पहिला एसएसपी विजयलाल कायस्थले विमानस्थलमा निमित्त प्रमुखको जिम्मेवारी सम्हालेकोले उनीपनि अनुशन्धानको घेरमा आउने सिआईवीले जनाएको छ।