राष्ट्रपति भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गर्दै

समाचार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गर्दैछिन । उनीले अपरान्ह ४ बजे राष्ट्रपति भवन शितलनिवासमा निर्वाचन मिति घोषणा, संविधान संशोधन लगायत बिषयमा प्रमुख दलहरुसँग छलफल गर्दैछिन् ।

दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक अन्योलता बढेको भन्दै राष्ट्रपति भण्डारीले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतासंग छलफल गर्न लाग्नु भएको हो । यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले आज भने सामुहिक छलफल गर्न लागेकी हुन् ।

छलफलमा संविधान कार्यन्वयनमा दलहरुको सहमति, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे दलहरुवीच सहमति हुन नसकीरहेका वेला राष्ट्रपति भण्डारीले संयुक्त छलफलको आयोजना गरेकी हुन् । दलीय सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै आएकी राष्ट्रपति यादवले यसअघी दलहरुसंग छुट्टा छुट्टै छलफल समेत गरेकी थिइन् ।

कंग्रेस माओवादी केन्द्र गठवन्धन सरकारले जेठ भित्र स्थानीय निर्वाचन मिति घोषणा गर्ने भनिएपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउन नसक्दा निर्वाचन अन्यौल वढ्दै गएको छ ।

Post Comment