मुम्बई । बलिउड बादशाह शाहरुख खानविरुद्ध अदालतमा मुद्दा परेको छ । र, मुद्दामा अदालतका तर्फबाट छानविन सुरु भएको छ ।
प्रदर्शनरत फिल्म ‘रईस’को प्रमोशनका क्रममा कोटा रेलवे स्टेशनमा बबाल गर्ने, स्टेशनको सम्पति नोक्सान पुर्याएको आरोप लगाउँदै विक्रम सिंह नाम गरेका व्यक्तिले शाहरुखविरुद्ध मुद्दा हालेका हुन् ।
मुद्दामा शाहरुखले २३ जनवरीमा कोटा रेलवे स्टेशनमा फिल्म रईसको प्रमोशनका क्रममा उनका सर्मथकले हंगामा गरेको र त्यहि बेलामा उनले केही चिज रेलवे स्टेशनमा फालेको आरोप लगाइएको छ ।
त्यही बेला सिंहकी ट्रली पल्टिएको थियो जसका कारण विक्रम पनि घाइते भएका थिए । अदालतले यसको बारेमा जाँच सुरु गरेको भारतीय मिडियाले जनाएका छन् ।