जुलाई ३, २०१६, कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले हरेक बर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्षको छात्रवृत्तिको लागी निवेदन आह्वान गरेको छ ।
नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको हालै सम्पन्न बैठकले यसै बर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० सम्म निवेदन दिई सक्न आह्वान गरेको हो ।
समितीले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको नेपाली समुदायको छात्र छात्रा हुनुपर्ने, समुदायमा सामाजिक कृयाकलापमा भागलिएको प्रमाणित कागज पेस गर्नु पर्ने, फुल टाईम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जनाएको छ । यसको साथै समितीले निवेदकहरुलाई छात्रवृित्तको निवेदन संगै निवन्द समेत लेखि समावेस गर्नु पर्ने सर्त राखेको छ ।
जसमा निवन्दको शिर्षक छ “पहिलो पुष्ताका प्रवासी नेपालीहरुलाई अमेरिकामा बसोवास गर्दा सामाना गर्नु पर्ने चुनौती र अवसरहरु के के हुन्” यस बिषयमा ८ सय सब्द भन्दा नबढाई लेख्नु पर्ने छ । नेपाली घरले निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेबसाइट “नेपाली घर डट ओआरजी ”मा राखेको छ । संस्थाको वेबसाइट गई फारम डाउनलोड गरि प्रिन्ट गरि भर्न सकिने छ । निवेदकले सम्पुर्ण कागजपत्र स्क्यान गरेर सोही फारमको मा उल्लेखित ईमेलमा वा मेल ठेगानामा पोष्ट गर्न सक्ने छन् ।
छनौट समितीले कोलोराडोमा सकृय सबै संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचारप्रसार गरि संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनहुन सबैलाई अनुरोध गरेको छ ।
अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताईएको छ । यहा“ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन संस्थाले यस्ता कार्यक्रमहरु अगाडी सारेको हो ।
नेपाली घरका कल्चर सेक्रेटरी प्रमोद श्रेष्ठको संयोजनमा गठित छनौट समितीलाई छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने श्रोत जुटाउने जिम्मा समेत दिएको छ ।
नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रिती स्थिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आºनो संस्कृित संरक्षणको लागी बेला बेलामा विभिन्न सा“स्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।