ट्रम्प संचारमाध्यम प्रति आक्रोशित ,सत्य कुराको रिपोर्टिङ गर्न नचाहेको आरोप

ट्रम्प संचारमाध्यम प्रति आक्रोशित ,सत्य कुराको रिपोर्टिङ गर्न नचाहेको आरोप
अमेरिका

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमको फेरि तिखो आलोचना गरेका छन् । चुनावी अभियान तथा राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै सञ्चारमाध्यमको आलोचना गर्दै आएका ट्रम्पले फ्लोरिडामा भएको ¥यालीलाई सम्बोधन गर्दै सञ्चारमाध्यमको फेरि आलोचना गरेका हुन् ।

राष्ट्रपति ट्रम्पको आयोजनामा फ्लोरिडामा भएको ‘क्याम्पियन ¥याली फर अमेरिका’ मा सम्बोधन गर्दै उनले सञ्चारमाध्यमले सत्य कुराको रिपोर्टिङ गर्न नचाहेको आरोप लगाए ।

उनले सञ्चारमाध्यमका आफ्नै एजेन्डा रहेको र त्यसैलाई मात्र प्राथमिकता दिएको आरोप दोहो¥याए । चुनावी अभियानमा जस्तै राष्ट्रपति ट्रम्पले फ्लोरिडामा ¥याली गरेका हुन् ।

ह्वाइट हाउसमा ७६ मिनेट लामो पत्रकार सम्मेलनमा सञ्चारमाध्यको तिखो आलोचना गरेको एक सातापछि ट्रम्पले फेरि सञ्चारमाध्यमप्रति आक्रोश पोखेका हुन् ।

Post Comment