काठमाडौं । कागजपत्र नभएका अवैध आप्रवासीलाई देश निकाला गर्न ट्रम्प प्रशासनले आफ्नो नीति सार्वजनिक गरेको छ ।
आप्रवासीमाथि कडाइँ गर्ने भन्दै निर्वाचनमा चुनावी एजेण्डा नै बनाएका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई कार्यान्वयनमा ल्याउन मंगलबारदेखि लागु हुनेगरी नयाँ नीति सार्वजनिक गरेका हुन् ।
विश्लेषकहरुले नयाँ नीति अन्तर्गत अमेरिकामा रहेका १ करोड १० लाखमध्ये अधिकांश गैरकानूनी ढंगले बसिरहेका आप्रवासी गिरफ्तारीमा पर्न सक्ने जनाएका छन् ।
नयाँ नीतिअनुसार १० हजार अध्यागमन कर्मचारीहरु नियुक्त गर्न लागिएको र सीमामा गस्ती गर्न थप ५ हजार जनाको नियुक्ति गरिने बीबीसीले जनाएको छ ।
आप्रवासन सम्बन्धी सर्वाेच्च निकाय ‘डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटी’ले संघीय सरकारले लाखौं कागजविहीन आप्रवासीहरुलाई पक्राउ गर्ने र देश निकाला गर्ने अभियानलाई दु्रतरुप बढाउने भनेको छ ।
कागजपत्र नभएका अप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइने र, उनीहरुलाई तुरुन्तै स्वदेश फर्काइने ट्रम्प नीतिमा उल्लेख छ ।
ट्रम्प प्रशासनको नयाँ नीतिले अमेरिकामा रहेका लाखौं नेपाली पनि प्रभावित पर्ने बताइएको छ ।