अमेरिका | संखुवा सभा कम्युनिटी अफ यु एस ए SSCUSA को सल्लाहकार सदस्य ज्युहरु र कार्य समितिको सयुक्त बैठकको निर्णयबाट संखुवा सभा समाज अमेरिकाको दोस्रो महाधिवेसन कोलोराडो राज्यमा जुलाई १५ ,२०१७ शनिबारको दिन आयोजना हुने भएको छ।
यस अधिवेसनमा संखुवा सभा कम्युनिटी अफ यु एस ए को नया कार्य समितिको निर्वाचन समेत हुने हुदा सस्थाको बिधान २०१६ अनुसार निर्वाचन हुने दिनको ६० दिन अगाडि सदस्य लिइ सक्नु पर्ने हुदा इच्छुक अमेरिकामा रहनु भएको संखुवा सभा जिल्ला बासीहरुले मे १६ ,२०१७ सम्म सदस्यता लिएमा मात्र निर्बाचन भोटिंग गर्न पाउने भएकाले कम्युनिटीका महासचिब हरि कुमार श्रेष्ठले समयमा नै सदस्यता लिन का लागि अनुरोध गरिएको बताउनु भयो।
महासचिब श्रेष्ठले दिनु भएको जानकारी अनुसार उक्त अधिबेसनमा अमेरिकाको विभिन्न राज्यबाट संखुवासभालीहरु सहभागिताको लागि कोलोराडो आउनु हुने हुदा अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली सामाजिक सस्थाहरुलाई उक्त दिन कार्यक्रम नगरी दिन हुन् समेत अनुरोध गरिएको बताउनु भयो।