क्यालिफोर्नियामा विमान दुर्घटना

क्यालिफोर्नियामा विमान दुर्घटना
अमेरिका

लस एन्जेलस (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

तीन जना सन्तानसहित एक दम्पत्तिलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो ।

लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए ।

स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो ।

Post Comment