आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्चमा रिट दायर गरे

आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्चमा रिट दायर गरे
समाचार

प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा गरिएको नियुक्ति बदर गरी आफूलाई महानिरीक्षक बनाउन परमादेशको माग गर्दै डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सिलवालले मंगलबार सर्वोच्च अदालत पुगेर अदालतको बृहत पूर्ण इजलासको फैसला अनुसार आफूलाई प्रहरीको महानिरीक्षक (आइजीपी) बनाउन परमादेशको माग गर्दै रिट दर्ता गराएका हुन् ।

सरकारले सोमबारमात्रै डीआईजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेको थियो। नवनियुक्त आईजीपी अर्यालले भने हिजो राति नै पदभार फुली लगाएर पदभार ग्रहण गरिसकेका छन् ।

Post Comment